पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
८ श्रावण २०७८, शुक्रबार १७:५५

हेटौंडा/नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुननेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*