
हेटौंडा/आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन गत शुक्राबार भने ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । गत शुक्रबार यो सुनको मूल्य ९१ हजार ६०० रुपैँया थियो ।
यता, चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । गत शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ ।


सेयर गर्नुहोस्