मकवानपुरमा आईतबार थप ५७ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
१० श्रावण २०७८, आईतवार १६:०४

हेटौंडा/मकवानपुरमा (आज) आईतबार थप ५७ जनामा कोरोना भाईरस (कोभिड -१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जनाको पिसिआर र ७४ जनाको एन्टिजेन गरी जम्मा १ सय ९९ जनाको परिक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो

यो सँगै हालसम्म जिल्लामा १२ हजार ५ सय ६ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै आईतबार मकवानपुरमा ३० जना कोरोना भाईरसबाट सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ५ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोना बाट कारण मकवानपुरमा हाल सम्म एक सय ३९ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*