
हेटौँडा/कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत श्रावण १२ र १३ गते मकवानपुरगढीमा अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ।
एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि शुरु हुनेछ । मकवानपुरगढी गाउँपालिका अन्तर्गतका १ देखी ८ वटै वडाहरुका स्वास्थ्य संस्थामा यस अगाडि कोभिड १९ विरुद्धको कुनै पनि खोप नलगाएका नागरिकहरुमध्ये लक्षित समूहलाई यो खोप दिन लागिएको हो । १२ र १३ गते जोनसन एण्ड जोनसनको खोप लगाइने छ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक दिइँदै छ। साथै रातो, निलो कार्ड भएका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरु र पासपोर्टमा भिजा प्रमाणीत भएका बिदेश जाने ब्यक्तिहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी/सरसफाईकर्मी रहेका छन् ।
खोप लगाउन आउँदा अनिवार्य रुपमा आफ्नो उमेर खुल्ने कागजात लिएर आउनुपर्ने तथा लक्षित समूह बाहेक अरुलाई यो खोप नलगाईने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामिछानेले बताउनु भएको छ ।
