
हेटौंडा/ मकवानपुरमा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २ सय ८३ जनामा पिसिआर र ८२ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ६१ जना र १४ जनामा गरी थप ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत मनहरी गाउँपालिका वडा नंबर ९ का ५३ वर्षीय पुरुष र सलार्हीकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ७२ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म १२ हजार ५ सय ८१ जनामा कोरोना पुष्टि हुँदा ११ हजार ८ सय ४६ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ ।

सेयर गर्नुहोस्