
हेटौँडा/ सोमबार (आज) शेयर बजार ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से ८ दशमलव २४ अंकले घटेर ३ हजार ५० दशमलव ४२ विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज २ सय २३ कम्पनीका १ लाख ३७ हजार २ सय ४२ पटक कारोबार भएर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९३ अंकले घटेर ५७१ दशमलव १० विन्दुमा थामिएको हो ।

सेयर गर्नुहोस्