मकवानपुरको स्थानीय तहमा आज र भोलि कोरोना विरुद्धको खोप लगाईदै

हेटौंडा टुडे
१२ श्रावण २०७८, मंगलवार ११:२९

हेटौँडा/  कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत मकवानपुरको १० वटै स्थानीय तहमा आज र भोलि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै खोप लगाईने भएको छ ।

मकवानपुर जिल्लामा कोरोना विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम अन्तर्गत आज र भोलि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा आएको २३ हजार खोप हाल १० वटै स्थानीय तहको लागि वितरण भईसकेको छ भने एक मात्रा मात्रै लगाए हुने यो खोप आज बिहान ११ बजेबाट सबै स्थानीय तहमा खोप कार्यक्रम संचालन भईरहेको छ ।

कोभिड १९ विरुद्धको कुनै पनि खोप नलगाएका नागरिकहरुमध्ये लक्षित समूहलाई यो खोप दिन लागिएको हो । आज र भोलि ५० वर्ष देखि ५४ वर्षसम्मकालाई खोप लगाईने र बाँकी रहेको खोप अनलाईन फारम भरेका १८ वर्ष उमेर देखि ५० वर्ष सम्मका लाई लगाउने कार्यक्रम रहेको छ ।

यो खोप लगाउन आउँदा अनिवार्य रुपमा आफ्नो उमेर खुल्ने कागजात लिएर जानुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*