हेटौँडा/ उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस भन्ने उदेस्य निशुल्क शव वाहनको सेवा सुरु गरिएको हो । उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो ।
शव बोक्नुपर्ने वषौंदेखिको परमपरालाई पनि अब सहजता ल्याउनुपर्छ भन्ने उदेस्यले शव वाहनको व्यवस्था गरिएको उहाँले बताउनुभयो –‘कसैको घरमा मानिसको मृत्यु भएमा खोला सम्म लैजान टाढा पनि छ । मृतकका छोरा र आफन्तले खाली गोढाले सडकमा टेकेर सब बोक्नुपर्ने बाध्यता रहेको छ । मलामीहरु मोटरसाइकल र कारमा आर्यघाट जाने गरेका छन् । अब शव वाहनमा मृतकको लास लैजान सहज बनाइएको हो ।’
अहिलेको अवस्थामा कसैको मृत्यु भइहालेमा बाँसमा राखेर आर्यघाट सम्म लगिदै आएको छ । भने शव वाहनमा राखेर लैजानका लागि सहज बनाइएको हो।
उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रुपमा खोलामा डुवेर, झुण्डएर, विस सेवन गरेर मृत्यु भएमा पोष्टमार्टमका लागि अस्पताल सम्म ल्याउन पनि शव वाहनले सेवा दिने छ। शव वाहन उपमहानगरपालिका कार्यालयमा रहेको छ ।






















