हेटौँडा/ बारा प्रहरीले हेटौंडाबाट पथलैयातर्फ गइरहेका तीन जनालाई अमलेखगन्ज बजारबाट चार फिट लम्बाई १२ इन्च मोटाई भएको एक थान हात्तीको दाह्रासहित पक्राउ गरेको छ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५ प १२२७ नम्बरको मोटरसाइकललाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निजगढ नगरपालिका ११ बस्ने २९ वर्षीय सूर्यप्रताप तामाङ लगायतका छन्।
प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारेको हो ।
सेयर गर्नुहोस्






















