
हेटौँडा/ मकवानपुरमा आज कोरोनाविरुद्धको अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाईएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो ।
त्यसैबिच मकवानपुरगढी गाउँपालिकामा आज ३ सय ४१ जनाले खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेर लक्षित समूहलाई लगाउने उक्त खोपमा १ सय ४३ महिला र १ सय ९८ जना पुरुषले लगाएको मकवानपुर गढी गाउँपालिकाका स्वास्थ्य प्रमुख धु्रर्व लामिछानेले हेटौंडा टुडेलाई जानकारी दिए ।
सो खोप आज मकवानपुरको १० वटै स्थानिय तहमा लगाईएको छ ।


सेयर गर्नुहोस्