काठमाडौं/मन्त्रिमण्डल विस्तार र आगामी दिनमा कसरी अघि बढ्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन्।
बुधवार बिहान पौने १० बजे नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ सहभागी छन्
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्। एमालेका वरिष्ठ नेता माधव नेपाल बैठकमा सहभागी छैनन्। उनको समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी छन्।
सेयर गर्नुहोस्