
हेटौँडा/ बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले बढेको छ । चाँदीको मुल्यमा भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्