हेटौँडा/ मकवानपुरमा हिजो कोरोनाविरुद्धको अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाईएको थियो। अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो ।
त्यसैबिच भीमफेदी गाउँपालिकामा हिजो २ सय ६८ जनाले खोप लगाएका थिए। ५० देखि ५४ वर्ष उमेर लक्षित समूहलाई लगाउने उक्त खोपमा १ सय ३५ महिला र १ सय ९८ जना पुरुषले लगाएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनाम थिङ्गले हेटौंडा टुडेलाई बताए ।
मकवानपुरको १० वटै स्थानिय तहमा लगाईएको थियो ।
सेयर गर्नुहोस्






















