
हेटौँडा/ जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ ।जसका कारण आज मंगलबार देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

सेयर गर्नुहोस्