
हेटौँडा/ मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित कालिका कन्ट्रक्सन नजिकको पोखरीमा डुबेर एक स्थानीय बालकको मृत्यु भएको छ । स्थानीय शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थानीयले कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी,जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेका छन ।


सेयर गर्नुहोस्