
हेटौँडा/ मकवानपुरमा पहिलो प्राथमिकतामा नपरेका उद्योगी र व्यापारीलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । हिजो सम्ममा पटक पटक गरेर करिव ३ हजार जना उद्योगी र व्यापारीले खोप लगाएका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको निर्देशनमा उद्योगी व्यापारीलाई फ्रन्टलाइनर भन्दै खोप दिइएको हो । मकवानपुरका दश वटै स्थानीय तहमा ५० देखि ५४ वर्ष उमेर समुहकालाई खोप दिने काम भइरहेको छ । तर, सीडीओ संयोजक रहेको जिल्ला कोभीड खोप समन्वय तथा अनुगमन समितिले निर्णयनै गरेर उद्योगी र व्यापारीलाई खोप दिएको हो ।
उद्योगी, व्यापारी र त्यहाँ कार्यरत मजदुर फ्रन्ट लाइनरहरुलाई प्राथमिकता दिएर खोप दिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो। हेटौंडा औद्योगिक क्षेत्रका उद्योगी र मजदुरका लागि ४ हजार जनालाई र हेटौंडाका व्यापारीहरुलाई एक पटक ५ सय जना र अर्को पटकको निणर्यबाट १५ सय जनालाई खोप दिने निर्णय भएको छ ।

