जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै १० दिन थपियो निषेधाज्ञा

हेटौडा टुडे
१३ श्रावण २०७८, बुधबार १३:१८

हेटौँडा/ कहालीलाग्दो कोरोना माहामारीको बीचमा मकवानपुरमा थप १० दिन निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा भने  खुकुलो नै रहने छ । जिल्ला कोभिड संकट व्यवस्थापनको आज बसेको बैठकले थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि साउन १४ गने सम्मको लागि रहेको थियो ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको र जोखिमलाई बढ्न नदिनका लागि निषेधाज्ञा थप गरिएको हो ।

प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*