नेपाल विद्युत प्राधिकरण हेटौंडाको बक्यौता रकम २ अर्व ४ करोड २२ लाख

हेटौडा टुडे
१३ श्रावण २०७८, बुधबार १३:४२

हेटौँडा/ नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जरिवाना भन्दा बाहेकको विद्युत महसुल रकम मात्र २ अर्व ४ करोड २२ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । विद्युत प्रयोग गरेर पनि रकम नतिर्नेमा हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योग र केही क्रसर उद्योग रहेका छन् ।

सबै भन्दा धेरै विद्युतको बक्यौता रकम शिबम सिमेन्ट उद्योगको जरिवाना रकम भन्दा बाहेकनै एक अर्व ९९ करोड १८ लाख २७ हजार रुपैयाँ रहेको छ ।

नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले बितेको आर्थिक वर्ष २०७७–०७८ मा दुइ अर्व २२ करोड २९ लाख ३६ हजार रुपैयाँ राजस्व रकम संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*