
हेटौंडा/पूर्वी मकवानपुरकोे बकैया गाउँपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ ।
बकैया ४ मा रहेको गुराँस सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षकको टोली पुगेको र फेला परेको मानवको जस्तो देखिने मानव हड्डी (कंकाल) को मुचुल्का उठाई आवश्यक अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्