मकवानपुरगढीमा कोरोना संक्रमीत संख्या ३०० पुग्दा २६७ जना कोरोना मुक्त

हेटौंडा टुडे
१३ श्रावण २०७८, बुधबार २१:२५

हेटौडा । मकवानपुरगढीमा बुधबार थप १ जनामा कोभिड संक्रमण देखिएको छ । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल ३०० जनामा संक्रमण देखा परिसकेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । आज बुधबार सम्ममा २६७ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने आजको दिनसम्ममा ३३ जना सक्रिय संक्रमित रहेका छन । जस मध्येमा संक्रमित मध्ये २६ जना होमआईशोलेसन ,७ जना मक्रन्चुलिमा रहेको कोभिड अस्थाई अस्पतालमा उपचाररत रहेको छन। आज सम्म मकवानपुरगढी गाउँपालिका भरमा ५ जनाको मृत्यु भैइसकेको छ । आजमात्र १४ दिन पूरा गरि ४ जना पुरुषहरु संक्रमणमुक्त भएको लामिछानेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*