एसईई परीक्षाको नतिजा यहि साउन २५ गते सार्वजनिक गर्ने तयारी

हेटौंडा टुडे
२०७८ श्रावण १४, बिहीबार ११:१५ गते

हेटौँडा/ राष्ट्रिय परिक्षा बोर्ड सानोठिमीले २०७७ सालको एसईई परीक्षाको नतिजा यहि साउन २५ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

विद्यार्थीको आन्तरिक मुल्याङ्कनको आधारमा नजिता सार्वजनिक गर्न लागिएको हो ।

विद्यार्थीको मूल्याङ्कन नतिजाको अंक इन्ट्री सकेर नम्बर रुजुको काम भइरहेको परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए।

नेपालमा कोरोना भाइरका कारण जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले जेठ १३ गते देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*