हेटौँडा/ सामरी खोलाले बगाउदा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी ६ बस्ने ४२ वर्ष की तुलसी माया घलान रहेकी छिन । घलानको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नावय उपरीक्षक जयश्वेर रिमालले हेटौँडा टुडेलाई जानकारी दिएका छन ।
विहिवार विहान स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनलाई खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताए ।
सेयर गर्नुहोस्






















