एशियाकै पहिलो सुरुङमार्गको मुख्यमन्त्री पौडेलद्वारा शिलान्यास

हेटौडा टुडे
१४ श्रावण २०७८, बिहीबार १२:०१

हेटौँडा/ आजभन्दा १ सय ४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको थियो । उक्त सुरुङमार्ग पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको हो ।

आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगपालिका वडा नम्वर–१५ स्थित चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्ग पुर्ननिर्माणको काम तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई आग्रह गरे ।

सुरुङमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाख २० हजार ७ सय ७ रुपैयाँ लागतमा आगामी २०७९ साल बैशाख मसान्तसम्ममा १ सय ९८ मिटर लम्बाईको सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

वि.सं.२०२० साल बैशाखदेखि भीमफेदी–हेटौँडा हुँदै अम्लेखगञ्जतर्फ जाने सुरुङमार्गबाट मिनि ट्रकहरुलाई संचालनमा प्रहरीले रोक लगाइएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*