मकवानपुर प्रहरीद्वारा छुटाछुटै स्थानबाट लागुऔषध डाईजेपाप र गाँजा सहित ४ जना पक्राउ

हेटौडा टुडे
१४ श्रावण २०७८, बिहीबार १५:१८

हेटौंडा /मकवानपुर प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर १ बस्ने २७ वर्षिय राज मुक्तान र दोलखा भिमेश्वर नगपालिका वडा ३ का २० वर्षिय गौरव राज सेढाइ त्यस्तै चितवन भरतपुर महानगपालिका वडा नं २० चनौली बस्ने ३८ वर्षिय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ बस्ने ४३ बर्षिय ललित तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

गत मंगलवार भिमफेदी गाउँपालिका वडा नम्बर २ भैसे स्थितमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलिले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज २५०७ नम्बर को यात्रुबाहक जिपलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त जिपमा सवार राज मुक्तानलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको झोलामा लुकाई छपाई ल्याएको लागुऔषध डाईजेपाप ३५ एम्पुल, फेनारगन ३५ एम्पुल, नुफिन ३५ एम्पुल गरी जम्मा १ सय ५ एम्पुल फेला पारी उक्त लागुऔषधसहित मुक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गत मंगलवार भैसे प्रहरी चौकीबाट खटेको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा हेटौडाबाट काठमाण्डौ तर्फ जांदै गरेको प्रदेश नं ०३-०-००१ ज ००३३ नं को यात्रुबाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार गौरव राज सेढाईलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामालुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट २ सय ३३ ट्याब्लेट फेला परेको हो ।
सो फेला परेको लागुऔषध सहित सेढाईलाई गरी थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

यसैबिच प्रहरीले ६५ किलो लागुऔषध गाँजा, स्कारपियो गाडि सहित २ जनालाई पक्राउ गरेको छ ।
बिहीबार आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानी सडकखण्डमा चेकजाँच गर्ने क्रममा मनहरी तर्फ बाट हेटौडा तर्फ आउँदै  गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६५ किलो फेला परेको प्रहरीले जनाएको छ ।

चितवन भरतपुर महानगपालिका वडा नम्बर २० चनौली बस्ने ३८ बर्षिय रोशन परियार र सोही स्कार्पियो गाडीमा सवार राक्सिराङ ६ का ४३ बर्षिय ललित तामाङलाई लागुऔषध गाँजा, स्कार्पियो गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*