मकवानपुरमा कोरोनामुक्त हुनेको संख्या ४५ पुग्यो

हेटौंडा टुडे
१४ श्रावण २०७८, बिहीबार १६:११

हेटौँडा/  मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या पछिल्लो दिनहरुमा दिनानुदिन बढेको छ । जिल्लामा आज ९९ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७४ जना हेटौैंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसिआर र ५१ जनाको एन्टीजन विधिबाट परीक्षण गर्दा क्रमशः ९१ जना र ८ जना गरी थप ९९ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि बुधबार जिल्लामा ६७ जनामा र मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेका छन् ।

यसैगरि थाहा नगरपालिका भित्रका १० जना, मनहरी गाउँपालिका भित्रका ८ जना, बकैया भित्रका ३ जना, भीमफेदी भित्रका २ जना र बागमती तथा मकवानपुरगढी गाउँपालिका भित्रका १ र १ जना रहेका छन ।

यो संगै जिल्लामा हालसम्म १२ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३७ जना संक्रमण मुक्त अर्थात कोरोना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*