आज कति छ सुनको भाउ ?

हेटौंडा टुडे
१५ श्रावण २०७८, शुक्रबार ११:४४

हेटौँडा/ साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ उकालो लागेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैँयाले वृद्वि भएको छ । यो सगैँ सुनको मुल्य आज ९२ हजार ९ सय रुपैँयामा कारोबार भईरहेको छ । हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*