हेटौंडा–१७ को विकट बुङ्गे गाउँमा समस्या बुझ्न पुगे मेयर महत

हेटौंडा टुडे
१५ श्रावण २०७८, शुक्रबार १२:२६

हेटौँडा/  हेटौंडाको सबै वडा मध्यमा अत्यन्त विकट मानिने साजबोटे बुङ्गे भन्ने स्थानमा यहाँका नागरिकहरुको समस्या बुझ्नका लागि पहिलो पटक मेयर हरि बहादुर महत पुग्नु भएको छ ।

करिव एक सय परिवार यस क्षेत्रमा वसोवास गर्दै आएको उक्त गाँउमा सडक,खानेपानी,स्वास्थ्य लगाएत समस्या रहेको छ । यसमा पनि सडक र खानेपानीको निकै समस्या भएकाले चालु आर्थिक वर्षमा सडक निर्माणका लागि तत्काल काम गरिने भएको छ ।

मेयर महतले गाँउको अवलोकन गर्दा नागरिकहरुमा स्वास्थ्यमा समस्या भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिने साथै विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई पोसाक र झोला वितरण गरिने बताए ।

स्थानीय सरकारले लिदै आएको कर यस क्षेत्रका एक सय परिवारलाई छुट गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*