
हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी बालगृहमा २ जना कर्मचारी सहित २० जना बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रवार (आज)गरीएको एन्टीजेन परिक्षणबाट ३१ जनाको परिक्षण गर्दा २ कर्मचारी सहित २२ जनामा कोरोना पोजेटीभ देखिएको भिमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए । कोरोना पुष्टि भएकाहरुको स्वस्थ्य अवस्था सामान्य रहेको र छुट्टै ब्लकमा राखिएको स्वास्थ्य संयोजक थिङले बताए ।

सेयर गर्नुहोस्