हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि हेटौंडा भित्रका ५७ जना,मनहरी भित्रका ६ जना,मकवानपुरगढी भित्रका ३ जना,बकैयाका २ जना,थाहा र राक्सिराङका एक/एक जना रहेको छन् ।
यो संगै जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
सेयर गर्नुहोस्

















