लायन्स र लियो क्लवको संयुक्त आयोजनामा मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई खुवायो खिर

हेटौँडा/सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लवले हेटौंडा–९ मा रहेको मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई खिर खुवाएको छ । आज एक कार्यक्रमको आयोजना गरि मानव आश्रमका २५० जनालाई श्रावणको १५ गते खिर खुवाउने दिनको अबसरमा खिर खुवाएको हो ।
लायन्स र लियो क्लव अफ मकवानपुर इन्टरपेनर्शिप र मकवानपुर डाइमण्डको संयुक्त आयोजनामा भएको लायन्से क्लव अफ मकवानपुर डाइमण्डका नि वर्तमान अध्यक्ष गौतम केशीको सभाध्यक्षता तथा लायन्स ईन्टरनेष्नल ३२५ बि २ नेपालका डिस्ट्रीक एक्जुकेटिभ चिफ लायन तासीडोल्मा तुम्बाहाङ्फेको प्रमुख आथित्यता रहेको थियो ।
सामाजिक सेवामा काम गर्ने उद्देश्य अनुरुप मानव सेवा आश्रममा आश्रित करीब २५० जना सहयोगापेक्षीहरुलाई खिर खुवाइएको लायन्स क्लव अफ इन्टरपेर्नशिपका अध्यक्ष तथा यस कार्यक्रमका संयोजक लायन सुदन पौडेलले बताउनु भयो ।
लायन्स क्लब अफ मकवानपुर इन्टरपेनर्शिपका अध्यक्ष रमेश शर्माले कार्यक्रम संचालन गर्नु भएकोमा कार्यक्रममा रिजन चियर प्रर्सन लायन राजकुमार जोशी, हेटौँडा वडा न-९ का वडा सदस्य सुकराम केसि, मानव सेवा आश्रमका जिल्ला सम्योजक होमनाथ पौडेल, प्रगति उच्च मा।बि। ब्यबस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली , ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बन्के गुरुङ,लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका सह सचिव अनिल अधिकारी,जिल्ला निर्देशक सुशान्त खतिवडा,यरिया कोचिफ रुपक कालिरजा,रिजन ६र ७ का रिजन चियरप्रशनद्वाय सुदिन पौडल,शुवम सुभम लम्साल ,लायन्स तथा लियोका पदाधिकारी, क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको थियो मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लवले खासगरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।