
हेटौँडा/ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अघिल्लो आ.व.२०७६ र ०७७ मा १ अर्ब १९ करोड ८४ लाख ४ हजार रुपैयाँमा नाफा कमाएको छ । भने सो नाफा बढाएर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँमा पुर्याएको हो ।
गत आ.व २०७७ र ०७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्म बैंकको खुद मुनाफा रकम ३३.४० प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा रकम पनि ९१.५७ प्रतिशतले बढेको छ । अघिल्लो आ.व.को चौथो त्रैमासमा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकले गत आ.व.को सोही अवधिमा यस्तो रकम बढाएर १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।


सेयर गर्नुहोस्