पछिल्लो २४ घण्टामा १८१६ जना कोरोनामुक्त

हेटौंडा टुडे
२०७८ श्रावण १५, शुक्रबार १७:२२ गते

हेटौँडा/ देशका विभिन्न स्थानमा गरेर आज ३ हजार ६ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ९ हजार ७ सय ८३ जनामध्ये २ हजार ४ सय ६७ जना रहेका छन भने एन्टिजेट विधिबाट परीक्षण गर्नेको संख्या ४ हजार ८ सय ७८ जनामध्ये १ हजार १ सय ४४ जना रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*