५ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित हेटौंडा १६ का न्यौपाने पक्राउ

हेटौंडा टुडे
२०७८ श्रावण १५, शुक्रबार २०:४५ गते

हेटौंडा/मकवानपुर प्रहरीले ५ ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित १ जनालाई नियन्त्रण गरेको छ ।
शुक्रबार दिउँसो हेटौंडा-१० स्थित माउन्ट एभरेष्ट होटलमा हेटौंडा-१६ मा बस्ने ३२ बर्षिय अजित कुमार न्यौपानेलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्दा न्यौपानेको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३९ पुरियामा ५ ग्राम फेला परेको हो ।
उक्त फेला पारेको लागुऔषध जस्तो खैरो हेरोईन सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*