डिम्याट खातामा आयो यूनियन लाईफ इन्स्योरेन्स,नेप्सेबाट कतिमा होला ओपन रेञ्ज ?

हेटौंडा टुडे
२०७८ श्रावण १७, आईतवार ११:३४ गते

काठमाडौँ/यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । कम्पनीको आईपीओ सुचिकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ पाउने देखिएको छ ।

कम्पनीको आव २०७६/ ७७ को बास्तविक प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव १३ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको उक्त रेञ्ज पाउने देखिएको होकम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको हो ।  उक्त आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए  ।

बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको थियो । कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि,३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*