
हेटौँडा/ साताको पहिलो दिन आज आईतबार सुनको भाउमा गिरावट आएको छ ।
सुनको भाउ आज ५ सय रुपैँयाले घटेर प्रति तोला ९२ हजार ४ सय रुपैँयामा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज ९१ हजार ९ सय रुपैँया रहेको छ ।
यस्तै, चाँदीको मुल्य भने स्थिर रही प्रतितोला १ हजार २सय ८५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्