हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ जसका कारण देशभर सामान्य मौसम बदली भई एक दुई स्थानमा हल्का बर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सेयर गर्नुहोस्






















