हेटौँडा/ सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार राति आएको बाढीले केही घरमा क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ। माथिल्लो तटीय क्षेत्रमा वर्षासँगै नदीमा पहिरो खसेपछि बाढी आएको स्थानीय बासिन्दाले बताएका छन्।
गएराति १० बजेदेखि बाढी आएको मेलम्चीका स्थानीय हस्त पण्डितले बताए। उनका अनुसार अहिलेसम्म पनि नदीको बहाव निरन्तर छ ।
असार १ गते गएको बाढीले रेडियो मेलम्चीको भवन भेलले पुरिएको थियो । बाढीका कारण रेडियो मेलम्चीको भवन बगेको छ। मानिसहरु बगर बनेको आफ्नो बस्तीबाट भेल र माटो हटाइरहेका बेला फेरि बाढी आएको हो ।
बाढीले आइतबार बिहान नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुलसमेत बगाएको छ ।
सेयर गर्नुहोस्