मकवानपुरमा नदीजन्य पदार्थको चोरी निकासी बढ्दै

हेटौंडा टुडे
२०७८ श्रावण १७, आईतवार १३:४३ गते

हेटौँडा/ मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाहरुबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ ।
हरेक वर्ष असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने व्यवस्था छ ।

अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन् र निकासी गर्न पाइन्छ । तर, खोलामा प्रवेश नै गर्न नपाइने अवधिमा पनि रातको समयमा नदीजन्य पदार्थ उत्खनन् र चोरी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खनन्ले चौतर्फी जोखिम बढाएको छ ।

दिउँसो तथा रातिको समयमा खोलामा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*