कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता

हेटौँडा/ आइतबार दिउँसोतिर कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका ४ जाने क्रममा डुंगा दुर्घटनामा परेको हो ।
कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका छोरा रहेको प्रहरीले जनाएको छ।