
हेटौँडा/ साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक सानो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ ।
दिनभर भएका १ लाख १७ हजार ४९० कारोबारबाट २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएका छन् ।


सेयर गर्नुहोस्