मकवानपुरमा तिब्र रुपमा कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै

हेटौंडा टुडे
१७ श्रावण २०७८, आईतवार १५:५२

हेटौँडा/ मकवानपुरमा लामो समयदेखि निषेधाज्ञा जारी भईरहेको छ । हाल जारी भएको निषेधाज्ञा नाममा मात्र सिमित भएको छ ।

कोरोना माहामारीलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको पनि करिब ३ महिना बितिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले पछिल्लो पटक थपेको निषेधाज्ञा थप २४ गतेसम्मका लागि रहेको छ । नाममा मात्र सिमित निषेधाज्ञा जारी हुदाँ बजार, व्यवसाय यतिबेला पुरै खुल्ला छन भने खुल्न कहीँ बाकी छैन । जसका कारण कोरोना संक्रमण दर हवात्तै बढेको छ ।

जिल्लामा पछिल्लो एक हप्ता भित्र जिल्लामा करिब ७ सयको संख्यामा संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो दिनहरुमा तिब्र रुपमा कोरोना सक्रमित बिरामीहरु संखया बढ्दै गएको छ भने संक्रमणको जोखिम पनि बढेको छ ।

हाल जिल्लामा ९ सय ४६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ८ सय ८७ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*