मकवानपुरमा नाम मात्रको निषेधाज्ञा, आइतबार मात्रै थप ८८ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
१७ श्रावण २०७८, आईतवार १७:२०

हेटौँडा/ मकवानपुरमा आइतबार मात्र थप ८८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार १ सय ४५ जनाको कोरोना जाँच गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । आइतबारको तथ्याङ्क अनुसार ८९ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ७९ जना र एन्टिजेन बिधिबाट ५६ जनाको कोरोना जाँच गर्दा ९ जना गरी ८८ जनामा कोरोना पुष्टि भएको हो ।

आजको कोरोना संक्रमित दर ६० प्रतिशत रहेको छ । आज सबैभन्दा धेरै हेटौंडाका ६३ जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरमा दिनप्रति कोरोना संक्रमितको संख्या उकालो लाग्दो अवस्थामा रहेको छ । यता जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले भने साउन २४ गतेसम्मको लागि निषेधाज्ञा थप गरेका गरेको छ । निषेधाज्ञा भने नाममात्रको रहेको छ । तर बजारमा अब खुल्न भने केहि पनि बाँकी रहेको छैन् ।

चरम रुपमा बजार हेटौँडा क्षेत्रमा निषेधाक्षाको अवज्ञा भएको पाईएको छ । शैक्षिक संस्था,सिनेमा घर बाहेक अन्य सबै खुलेका छन् । जिल्लामा सार्वजनिक तथा निजि सवारी संचालन भएको तर अधिकाशंले जनस्वास्थ्यको मापदण्ड पालना भने गरेका छैनन् ।

त्यस्तै प्रशासनले खाद्यन्न बिहान १० बजेसम्म र अन्य पसलहरु दिउँसो १२ बजेबाट ४ बजेसम्म खोल्न अनुमति दिएको छ । सोहि समयमा भने अवधिमा बढी भिडभाड देखिन थालेको छ । पछिल्लो एक हप्ता भित्र मकवानपुरमा ७ सयको संख्यामा संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो दिनहरुमा तिब्र रुपमा कोरोना सक्रमित बिरामीहरुको संख्या बढ्दै गएको छ भने संक्रमणको जोखिम पनि बढेको छ ।

हाल जिल्लामा ९ सय ४६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ८ सय ८७ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण हुनबाट जोगिन हालको अवस्थामा मास्क लगाउने,भौतिक दुरी कायम गर्ने र सेनिटाईजर उत्तम हो तर अधिकाशं व्यवसायीहरुले न मास्कको प्रयोग गरेका छन् ,न तभौतिक दुरीनै ।सरसर्ती हेर्दा प्रशासनले वास्ता, अनुगमन र कारबाही नगर्दा संक्रमणको जोखिम बढेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*