धोर्सिङमा पहिरोको कारण यातायात सेवा अवरुद्ध

हेटौँडा/ भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।
धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य भईरहेको र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्छ ।