
हेटौँडा/ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौडा अस्पतालमा २३ करोड लागतमा फेरी नयाँ भवन निर्माण हुँदै छ ।
हेटौंडा अस्पताललाई सुबिधा सम्पन्न बनाउनका लागि भौतिक संरचना पर्याप्त पार्ने उदेस्यका साथ पाँच तले भवन निर्माण गर्न लागिएको हो ।
संघीय सरकारको लगानीमा अस्पतालको नयाँ भवन निर्माण भइसकेको छ । त्यसमा रंग लगाउने र भित्री फिनिसिङको काम मात्र बाँकी रहेको छ । यसलाई केही हप्तामानै प्रयोगमा ल्याउनेगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले योजना वनाएको छ ।
यो भवन समेत निर्माण भएपछी हेटौंडा अस्पतालमा तीन सय बेढ पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ ।


सेयर गर्नुहोस्