यस्तो छ आजको मौसम

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार ११:१४

हेटौँडा/ जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार आज देशभरको मौसम प्रतिकुल रहने जनाएको छ । मनसुनी वायुको प्रभावका कारण मुलुकभर मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

दिउँसोः सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*