मकवानपुरमा खोप लगाउनेको सख्या ८० हजार नाघ्यो

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार ११:२९

हेटौँडा/ मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्धको पहिलो खोप लगाउनेको सख्या ८० हजार २ सय ३० जना पुगेको छ । खोप लगाउनेमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका रहेका छन् ।

हाल सम्म यस जिल्लामा सरकारले तोकेको फ्रन्ट लाइनर भन्दा बाहेक उमेर तोकेर मात्र खोप लगाउन भनेको छ । तर, मकवानपुर जिल्लाका दश वटै स्थानीय तहमा उमेरमा भन्दा पनि आउनेहरुलाई खोप लगाइएको छ ।

पहिले खोपको अभाब भएपनि अहिले मकवानपुर जिल्लामा खोपको कुनै अभाब छैन । तर, सरकारले हाल सम्म पनि ५० वर्ष देखि माथीकालाई मात्र खोप लगाउन निर्देशन दिएकोले सबैलाई लगाउन समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*