
हेटौँडा/ मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध थियो ।
धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य भईरहेको थियो भने अहिले यातायात सेवा सुचारु भएको छ ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्व भएको थियो ।


सेयर गर्नुहोस्