
हेटौँडा/ कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकाहरुले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको करिब १७ दिनपछि दोस्रो मात्रा लगाउन पाउने छन ।
कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ९ महिनासम्म दोस्रो मात्रा लगाउँदा थप प्रभावकारिता बढेको पाइएको अध्ययनले देखाएको मन्त्रालय प्रवक्ता कृष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताए ।


सेयर गर्नुहोस्