सशस्त्र प्रहरीद्वारा २१ किलो गाँजा बरामद

हेटौंडा टुडे
२०७८ श्रावण १८, सोमबार १५:१४ गते

हेटौँडा/ बिषेश सूचनाको आधारमा सशस्त्र प्रहरीले बिहान साढे ७ बजे वीरगञ्जबाट २१ किलो गाँजासहित ट्रक बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकेर राखिएको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*