
हेटौँडा/ हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले वडाभित्र बसोबास गर्ने ८५ जनाको स्वास्थ्य बिमा गरेर परिचयपत्र वितरण गरेको छ। हेटौँडा ६ का वडाध्यक्ष अजुर्न प्रसाद चौलागाईका अनुसार ६ नम्बर वडाभित्र बसोवास गर्ने १७ विपन्न परिवारका ८५ जनाको स्वास्थ्य बिमा गरेर परिचयपत्र प्रदान गरेको हो।
वडाभित्र स्वास्थ्य सेवा लिन नस्कने घरपरिवारलाई स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष चौलागाईले बताए।


सेयर गर्नुहोस्